काठमाडौं – नेपाल प्रहरी श्रीमती संघले पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भक्तजनहरुलाई निःशुल्क खानेपानी वितरण गराएका छन् ।
संघकी अध्यक्ष कुशुम शाहीको नेतृत्वमा संघले साउनको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुलाई खानेपानी उपलब्ध गराएका हुन् ।
संघले उक्त अवसरमा दर्शनार्थीहरुको हितलाई ध्यानमा राख्दै प्राथमिक उपचार स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो ।
साउनको सोमबार भगवान् शिवको दर्शनका लागि आएका भक्तालुहरुलाई सामान्य स्वास्थ्य समस्या आइपरेको खण्डमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको संघकी अध्यक्ष शाहीले बताइन् ।
उक्त अवसरमा सयौं भक्तालुहरुले आफूहरुबाट सेवा लिएको बताउँदै जसले गर्दा आगामी सोमबारहरुमा पनि यस्तै सेवा गर्ने उत्प्रेरणा मिलेको शाहीले बताइन् । संघले यसपटक परेका साउनका ५ वटै सोमबार उक्त सेवा प्रदान गर्ने जनाएको छ ।