दार्चुला – दार्चुलाबाट सञ्चालन भईरहेको विद्युतीय राहदानी (ई पासपोर्ट)सेवा रोकिएको छ । गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुदा रोकिएको हो । विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो ।
उक्त नेटवर्कमा प्राविधिक समस्या आए पछि ५ दिन देखि सेवा अवरुद्ध भएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले निकालेको सूचानमा उल्लेख गरिएको छ ।अवरुद्ध सेवा सुचारुको लागि राहदानी विभाग, त्रिपुरेश्वर काठमाण्डौ सँग पत्र तथा फोन सम्पर्क मार्फत समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती सउँदले जानकारी दिइन् । गत महिना पनि सेवा अवरुद्धभएको थियो।