दार्चुला – सनराइज बैंक लिमिटेड दार्चुला शाखाले मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ । बैंकले नारीहरुका लागि सोमवार मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको हो ।
साउन महिनामा महिलाका लागि हरियो चुरा, मेहेन्दीको छुट्टै महत्व रहेकोले मेहेन्दी उत्सवको आयोजना गरेको सनराइज बैंक दार्चुला शाखाका प्रबन्धक राकेश सिंह बुढाथोकीले बताए । मेहेन्दी कार्यक्रमको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले उद्घाटन गरेका हुन् । महिलाहरुले हातमा मेहेन्दी लगाई दिनुका साथै एक आपसमा मिष्ठान्न बाडेर उत्सव मनाएका थिए । बैंकले हरेक वर्ष साउनको महिना नारीहरुका लागि मेहेन्दी उत्सव मनाउँदै आएको छ । साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको शुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाउने गर्छन् ।