दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । गत आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिकाका ६ वटै वडाहरुबाट विरतण गर्ने जनाएको छ ।
गाउँपालिकाले विहिबार आज एक सुचना जारी गदै यहि साउन १५ गते देखि १८ गते सम्म पालिकाका ६ वटै वडाहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले जानकारी दिनु भयो ।
सामाजिक सुरक्षा भत्ताको गत आर्थिक वर्षको चौथो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिने उहाँले बतानु भयो । त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गाउँपालिकाले जनाएको छ । पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो । गाउँपालिकाले वडा नं १ र ३ मा १५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ भने वडा नं ५ र ६ मा १६ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । यस्तै वडा नं २ र ४मा १८ गते सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने सुचना मार्फत जानकारी दिएको छ ।