दार्चुला – नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले सहिदहरुको सम्झनामा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेकोे छ ।
संगठनको जिल्ला कार्यसमिति दार्चुलाको आयोजनामा सहिद झपेन्द«, मनोज र सुरेन्द्रको स्मृति दिवसको सन्दर्भमा शनिबार जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल विरतण गरिएको हो । कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशी सुरन्द्र विकको सम्झनामा फलफुल बितरण गरीएको कर्मचारी संगठनले जनाएको छ ।
संगठनले जिल्ला अस्पताल दार्चुलामा करिब २५ जना बिरामीहरुलाइ फलफुल र जुस बितरण गरेको छ। नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष श्याम सिह धामीले साउन १५ का दिनमा यी तिन सहिदहरुको स्मृतिमा प्रत्येक वर्ष सामाजिक एवम मानवीय कार्य गरेर स्मृति दिवस मनाउने क्रममा यसवर्ष बिरामिहरुको माझमा पुगेको बताउनु भयो । सहिद झपेन्द्र कार्की सडक विभाग अन्तर्गत यान्त्रिक कार्यालय पोखरामा जुनियर मेकानिक्स श्रेणी राप अनेतृतिय हुनुहुन्थ्यो ।
उहांको निजामती कर्मचारीको आन्दोलन २०४७ बैशाख १७ मा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको थियो भने सहिद मनोज जोशीको २०४८ श्रावण १५ गते सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको थियो । फलफुल विरतण कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका डाक्टर विजय भर्तेल, नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष श्याम सिह धामी, नेपाल निजामति कर्मचारी संगठनका कोषाध्यक्ष लोकेन्द्र प्रसाद भट्ट,स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति अध्यक्ष दिपकराज विष्ट,सचिव लोकेन्द्र सिह धामीलगायत संगठन सदस्यह प्रमानन्द भट्ट, स्वास्थ्यकर्मीको सहभागितामा दिवस मनाइएको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले जनाएको छ ।