पोखरा – पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण १०० भन्दा बढी घर डुबानमा परेको छ ।
डुबानमा मानवीय क्षति केह िनभएपनि स्थानीयका घरहरु भने डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनले आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको बताए ।
पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । पानी तर्काउने काम भइरहे पनि निरन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ ।
Facebook Comments Box