दार्चुला – दार्चुलाको त्रिदेशीय सिमा क्षेत्रमा पर्ने व्यासँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ । सोमबार गाउँपालिकाले एक सुचना प्रकाशित गदै स्वास्थ्य क्षेत्रका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
गाउँपालिकाले गाउँकार्यपालिकाको निति तथा कार्यक्रम अन्तरर्गत व्यासँ गाउँपालिकामा थप आधारभुत स्वास्थ्य सेवाको पहुच बढाउने निति अनुसार गाउँपालिकाले विभिन्न पदमा स्वास्थ्य क्षेत्रका मात्रै २७ जना कर्मचारीहरुको माग गरेको छ । गाउँपालिकाले जारी गरेको सुचना मा अहेब साहयक चौथोतहका १२ कर्मचारीहको माग गरेको जनाएको छ । यस्तै अ,न,मि साहयक चौथौ अन्तरर्गत पनि १२ जना कर्मचारी माग गरेको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिनु भयो । गाउँपालिकाले ल्याब असिस्टेन्टमा ३ जनाको माग गरेको छ ।
गाउँपालिकाले ६सय रुपैँया दरखास्त दस्तुर तिरेर साउन २२ गते भित्र तथा कार्यालय विदा परे त्येसको भोलीपल्ट कार्यालयमा बुझाउन आग्रह गरेको छ । गाउँपालिकाले लेखित र मौखिक परीक्षा गर्ने जनाएको छ । यि भर्ना गरिन लागेकाहरुको करार अवधि ६ महिनाका लागि हुने तथा आवश्यकता अनुसार ६ महिना थप गर्न सकिनि समेत जनाएको छ ।
गाउँपालिकाले १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने समेत जनाएको छ । गाउँपालिकाले हिजो मात्रै एक जना मेडिकल अधिकृतको समेत विज्ञापन खुल्ला गरेको छ ।