काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना बेपत्ता भएका छन्।
घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको स्थानीयको भनाइ छ। स्थानीयबासीहरुले पुरिएको घरबाट दुई जनाको शव निकालेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।
इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिँडिसकेको जनाइएको छ । पहिरोले दुईवटा घर, एक गोठ पुरेको र दुईजना घाइते भएका छन्।
Facebook Comments Box