दार्चुला – दार्चुलामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
छिमेकी राष्ट भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको बताएको छ । यसैचिव जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सुचना जारी गदै कोभिड १९ संक्रमित बढी रहेकोले अस्पतालमा आउने विरामी तथा उनका कुवरुवाहरुले सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र अस्पताल आउन भनेको छ ।
यस्तै विरामीको साथमा एक जना मात्रै कुरुवा बस्न समेत अस्पतालले सुचना मार्फत जानकारी दिएको छ । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना विरुद्धको खोप नलगाएको भए खोप लगाउन समेत आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गत वर्ष दार्चुलामा कोरोनाका कारण ३ जना महिला सहित ११ जनाको मृत्यु भएको थियो ।