काठमाडौं – सत्ता गठबन्धनको बैठक भोलि(शुक्रवार) बिहान ९ बजे बस्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बालुवाटारमा बस्न लागेको हो ।
सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषयमा छलफल गरिने गठबन्धनका एक नेताले बताए । सिट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरूले कार्यदल बनाएर मोडिलाटी तयार गर्ने तयारी गरेका छन् ।
भोलि बस्ने बैठकले सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरेको छ ।
Facebook Comments Box