काठमाडौं – नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ ।
काठमाडौँको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाएका थिए।
कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो।
Facebook Comments Box