काठमाडौं – सर्वोच्च अदालतले कर्मचारी समायोजन मुद्दामा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला मंगलबार फैसला सुनाएको हो।
९८ थान रिटमध्ये सर्वोच्चले १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरेको छ ।
सरकारले निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सेवामा समायोजन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाएको थियो।
अब रिट खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ भने रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ ।
Facebook Comments Box