काठमाडौँ- काठमाडौँमा हैजा संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ६४ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै ३२ जना तथा काठमाडौँ जिल्लाका नौ पालिकामा गरी ५३ जनामा हैजा पुष्टि भएको छ ।
ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक एकजनामा हैजा पुष्टि भएको छ ।
हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ । साथै एक पटक वा एक सिजनमा मात्रै नभई हरेक पटक पिउने पानी शुद्धीकरण गर्न महाशाखाको अनुरोध छ ।
Facebook Comments Box