काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले १ महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९र८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवाना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग अदालतले ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान र ४१ लाख ९१ हजार ३२२ रुपैयाँ जरिवाना असूल गरेको छ ।
Facebook Comments Box