काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्ने गाउँपालिका(५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड१९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।
Facebook Comments Box