काठमाडाैं – पछिल्लो २४ घण्टामा मुलुकभर ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार १८८ नमूना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ८०६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
संक्रिय संक्रमितमध्ये ४ हजार १२३ जना होम आइसोलसनमा, १७५ जना संस्थागत आइसोलेसन, ५० जना आईसीयू र २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा १६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
Facebook Comments Box