काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङको निर्वाचन क्षेत्रमा एकैदिन झण्डै २५ करोडका तीन वटा सडक र पुल निर्माण सम्बन्धीका योजना शिलान्यास गरिएको छ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य समेत रहेका तामाङको निर्वाचन क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाभित्र २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको बुधबार शिलान्यास गरिएको हो।
तामाङ आफैले पुनर्वास नगरपालिका–१० मा पर्ने तीन करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको लमैया नाला बक्स कलभट ९२० मिटर० को शिलान्यास गरेका छन्। वाइ।आर, हटैराज जेभीले निर्माण गर्ने यो योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गरिसक्नेगरी ठेक्का सम्झौता गरेको छ।
यस्तै तामाङले पुनर्वास नगरपालिका–९ मा जिरो प्वाइन्ट रहेको कोटी होम–घ गाउँ–ङ गाउँ बिचफाँटा सडक निर्माणको पनि शिलान्यास गरेका छन् । साढे ११ किलोमिटर लम्बाइ रहेको यो सडक अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गर्नेगरी १६ करोड २५ लाखमा शंकर जेभी निर्माण सेवालाई ठेक्का दिइएको छ।
पुनर्वास नगरपालिका–४ को कोटी होम घ गाउँदेखि पुनर्वास नगरपालिका कार्यालयलाई जोड्ने तीन किलोमिटर ७२० मिटरको सडकको पनि बुधबार नै शिलान्यास गरिएको छ।