काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् । प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन ।
आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर आउन लागेको प्रदेश-१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ‘मिक्सो’ले बताए । ‘हामीले प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहित सदस्यहरुको बैठक गर्न लागेका छौ ।
बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कमरेड आउनुहुनेछ’ नेम्वाङले भने । चुनावको समिति घोषणा भएपछि प्रचण्ड प्रदेशलाई सक्रिय बनाउन आफै बैठकमा सहभागी हुन लागेका हुन ।
Facebook Comments Box