काठमाडौं – अछाममा सासुलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ बर्षिय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित भएका छन ।यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घर कोठामा ५३ वर्षिया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियो रेकर्ड गरी घटना बाहिर ल्याउने ११ बर्षिय बालक दिपेन्द्र न्यौपाने सम्मानित भएका हुन ।
बालकले कुटपिटको क्रममा घटना घट्ना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरु लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै ११ बर्षिय न्यौपाने लाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गर्नुभएको हो । एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको प्रहरीले जनाएको छ । सो अवसरमा मन्त्री डाक्टर रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंशा गर्नुभयो ।बालकलाई मन्त्रीबाट सम्मान पत्र प्रदान गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको कार्यालय अछामको भवन, ब्यारेक, मेष, र विभिन्न शाखाहरुको निरीक्षण गरिएको छ । हाल कुटपिट बाट घाईते भएकी सासुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने २ जना बुहारी प्रहरी नियन्त्रणमा छन् ।