काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसेको दोस्रो तथा अन्तिम दिनको बैठकले प्रतिवेदनमाथि सदस्यहरुको राय सुन्दै पारित गरेको हो ।
बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
Facebook Comments Box