धनगढी: प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताएका छन्। (आज) शनिबार नमुना युवा संसद् अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/05/IMG-20240518-WA0000-768x1024.jpg)
उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे।
बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ।
धनगढीमा युवा परिषदको आयोजनामा उक्त ४ युवा नमुना संसद् अभ्यास गरिएको थियो। सो कार्यक्रमको आज समापन गरिएको छ।
Facebook Comments Box