धनगढी: बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट आज (आइतबार) मृत फेला परेकी हुन्।
मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उनले प्रेम सम्बन्धका कारण गलत निर्णय लिएको हुनसक्ने बुझिएको छ।
हिजोमात्रै सोही पालिकाको वडा नम्बर ५ मा खलिगाडमा विवाहित युवती लक्ष्मी पार्की पनि मृत फेला परेकी थिइन्। उनी घरदेखि ३ सय मिटरको दुरीमा झुन्डिएको अवस्थामा फेला परेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box