काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा ‘मौन अवधि’ भन्ने शब्द नै हटाएको छ ।
आज राजपत्रमा प्रकाशित निर्वाचन आचारंहितामा मौन अवधि उल्लेख नगरी निर्वाचन हुनु ४८ घण्टा अघिदेखि पालना गर्नुपर्ने विशेष आचारण भनेर राखिएको छ ।
यसअघिको निर्वाचनमा मौन अवधिभर पालना गर्नुपर्ने आचारण भन्ने उल्लेख थियो । मौन अवधिको समय आयोगले तोकेअनुसार हुने गरेको थियो । विशेषगरी निर्वाचनको ७२ घण्टाअघि मौन अवधि लागु हुने गरेको थियो ।
“यसपटक मौन अवधि भन्ने नै राखिएको छैन । मौन अवधि भन्ने नै कानुनुको कुनै दफा उपदफामा छैन,” आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने, “यसअघि ७२ घण्टा अघि प्रचारमा रोक लगाइन्थ्यो । अहिले आयोगले निर्णय गरेको समय (४८ घण्टा) अघि देखिका लागि विशेष आरचण राखिएको छ ।”
Facebook Comments Box