काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिन समितिमा उपस्थित भएका छन् ।
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग आज बयान लिने भएसँगै राणा समितिमा पुगेका हुन् ।
नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो ।
१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।
Facebook Comments Box