कैलाली – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्। नेकपा (एकीकृत समाजवादी)बाट राज्यमन्त्री भएका चौधरी एमाले प्रवेश गर्ने चर्चा चलेसँगै बर्खास्तमा परेको बताइएको छ ।
उनीसहित आज नेकपा एकीकृत समाजवादीका संघीय संसद र प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमका लागि एमाले अध्यक्ष कञ्चनपुर पुगेका छन्।
Facebook Comments Box