धनगढी – सुदूरपश्चिमका एक मन्त्रीको फेसबुक ह्याक भएको छ।
प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले आफ्नो फेसबुक ह्याक भएको बताएका हुन्।
‘२ घण्टा भयो मेरो फेसबुक आइडी ह्याक गरी विभिन्न खाले म्यासेज पठाउदै छन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबै साथीहरुलाई सचेत रहन आग्रह गर्दछु। तुरुन्तै कानूनी उपचार खोज्दैछु।’
महेन्द्रनगरपोष्टसंग कुराकानी गर्दै मन्त्री धामीले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिलाई धम्कीसहितका सन्देश पठाउने काम भइरहेको बताए।
Facebook Comments Box