काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् ।
सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे ।
उनले एक-दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो प्रकरण रचिएको बताए ।
Facebook Comments Box