काठमाडौं – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले बिहिबार दिउँसो बन्द गराएको हो ।
अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि मेयर बालेन्द्र शाहको निर्देशनअनुसार डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
अवैध संरचना हटाउने अभियानमा रहेको महानगरले मापदण्ड विपरीतका होर्डिङबोर्ड पनि हटाउन थालेको छ ।
Facebook Comments Box