काठमाडौं- नेपाली कांग्रेस काठमाडौं – ९ ले उम्मेदवारको नामावली तय गरेको छ । नेपाली कांग्रेस काठमाडौं ९ क्षेत्रीय कार्यसमितिको बैठक ले आगामी संघीय संसद प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ जना उम्मेदवारको सिफारिस गरेको हो ।
उम्मेदवार सिफारिसका लागि बुधबार क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय सदस्य ध्यनगोविन्द रञ्जित, नानू बास्तोला, महाधिवेशन प्रतिनिधि, धर्मराज गौतम, नेता तिर्थ राम डंगोल र गौरीप्रसाद दवाडीलाई सिफारिस गरेको हो ।
समानुपातिकतर्फ, पूर्व केन्द्रीय सदस्य किरण गिरी, महाधिवेशन प्रतिनिधि दामोदर गौतम , बासु कार्की र क्षेत्रीय सचिव बन्दना खडकालाई सिफारिस गरेको छ ।