काठमाडौं – नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख) को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ।
क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो। सञ्चारकर्मीसमेत रहेका पाण्डेले गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुखमा दाबी गरेका थिए।
पाण्डे पछिल्लो समय जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
Facebook Comments Box