काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन्।
शुक्रबार पनि तीर्न जना सङ्क्रमितले ज्यान गुमाएका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ।
३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त पनि भएका छन्। यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ । त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
Facebook Comments Box