काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
Facebook Comments Box