धनगढी – कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
Facebook Comments Box