काठमाडौं – सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।
निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।
आयोगले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी सरुवा बढुवा लगायत विभिन्न सरकारी काम काजमा रोक लगाउदै भदौ २ गते सुचना जरी गरी आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि बताए ।
Facebook Comments Box