दार्चुला – नेपाल नेत्रज्योति संघद्धारा संञ्चालित गेटा आखा अस्पतालले जिल्लाका ३ ठाउँमा आखा शिविर संञ्चालन गर्ने भएको छ ।
गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तका अनुसार तिन वटा स्थानीय तहको आयोजनामा आखा शिविर संञ्चालन गर्ने तयारी भएको बताएका छन् ।
उनका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ मा रहेको शंकरपुर मावि पस्ती शैल्यशिखर नगरपालिका वडा नं ९ मा रहेको गोकुलेश्वर मावि गोकुलेश्वर तथा महाकाली नगरपालिकाको वडा नं ४ मा रहेको महेन्द्र नमुना मावि खलंगा दार्चुलामा भाद्र महिनाको अन्तिम साता देखि आखा शिविर संञ्चालन गर्ने बताएका छन् ।
गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक पन्तका अनुसार मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि पस्तीमा भाद्र २९ गते र ३० गते शिविर संञ्चालन हुने बताइएको छ ।
यस्तै गोकुलेश्वर मावि गोकुलेश्वरमा भाद्र २५ गते देखि २७ गते सम्म तथा महेन्द्र नमुना मावि खलंगा दार्चुलामा असोज १ गते देखि ३ गते सम्म शिविर संञ्चालन हुने गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तले जानकारी दिए।
आखा शिविरमा मोतिविन्दु लगायतका आखा सम्बन्धि रोगको निशुल्क शल्यक्रिया तथा औषधि उपचार गरिने, चस्माको आवश्यकता भएका विरामीलाई सुपथ मुल्यमा चस्मा उपलब्ध गरिने गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तले जानकारी दिए।