काठमाडौं – नेकपा माओवादी केन्द्र बझाङ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ। एक निर्वाचन क्षेत्र रहेको बझाङमा माओवादी केन्द्रले संघीय सांसदका लागि धर्मराज विकको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभा समानुपातिकतर्फ देवराज रेग्मी, देवकी मल्ल थापा, धर्मराज विक, लोकेन्द्र सिंह धामी (पिछडिएको खस आर्य), सूर्यकला थापा, कृष्णकुमार सिंह र जगत तामाङ सिफारिस भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ। देवराज रेग्मी, जनकबहादुर बुढा र मीनबहादुर कुँवर प्रदेशसभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन्।
प्रदेशसभा (क) मा समानुपातिकतर्फ दश जनाभन्दा बढी आकांक्षी देखिएका छन्। समानुपातिकतर्फ कविता विस्त, कमला कुँवर, कुन्ती चौहान, जयन्ती जोशी, तुलसी मल्ल, धुम्रा परियार (ठगुन्ना), विश्वकुमारी श्रेष्ठ, प्रेम आग्री, मिना बुढा, शर्मिला दर्जी सिफारिस भएका छन्।
माओवादी केन्द्रले प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ नेता भीम भण्डारीलाई एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ। समानुपातिकतर्फ भने तीन जनालाई सिफारिस गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति वैकल्पिक सदस्य अस्मित सिंहले जानकारी दिए।
उनका अनुसार समानुपातिकतर्फ सत्य चिमाडी, प्रेमलाल विक र गम्भीर थापाको नाम सिफारिस गरिएको हो।