काठामाडौं – महाकाली नदीका किनारामा पुजा आजा गर्ने क्रममा पुजा गराउने ब्राह्मण र पूजा गराई दिन आग्रह गर्ने महिलाका विचमा उत्पन्न भएको विवादमा मेलमिलापको लागि आग्रह गरिएको छ ।
जिल्ला सम्मन्वय समिति कञ्चन्पुरका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले उक्त विवादले समाजमा जातिय विभाजन ल्याउने र आगामी दिनमा शान्ति सुरक्षा समेत खल्वलिन सक्ने सम्भावना भएकोले मुद्धाका दुवै पक्षलाई संयमीत भई सामाजिक सद्भाव नखल्बल्याउन मेल मिलापकै माध्यमद्वारा समस्याको निराकरण गर्न आग्रह गरिएको हो ।
उक्त समस्या समाधानका लागि पहल जिल्ला स्थित नागरिक समाज, पत्रकार, बुद्धिजीवि, व्यापारी लगायत सबै वर्गलाई उक्त समस्या समाधान गर्न पहलका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
Facebook Comments Box