कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरले एन डि भट्टलाई प्रदेशसभा क्षेत्र नं. ३ (क) को समानुपातिकका लागि सिफिरिस गरेको छ ।
हाल नेपाल ट्रेड युनियन कांग्रेसकाे सल्लाकारका रूपमा पार्टीमा काम गरिरहेका भट्टले नेपाल निवृत शिक्षक संघका जिल्ला अध्यक्षकाे जिम्मेवारी समेत समालिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुर ३ बाट संघमा रमेस लेखकसंगै आफ्नो पनि दाबी प्रस्तुत गरेका भट्टले पार्टीको निर्णय सिरोधार्य गर्दै आफुले पार्टीको निर्णयलाई सम्मान गरेको बताएका छन् ।
२०२८ सालदेखि पार्टी गतिविधिमा सक्रिय सहदै आएका भट्ट शैक्षिक, समाजिक र धार्मिक क्षेत्रमा पनि क्रियाशील छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेसको विकल्प नभएको र पदेश समानुपातिकमा सिफारिस मात्रै नभई आफु छनोट हुने कुरामा पनि पार्टीप्रति विश्वस्त रहेको उहाँको भनाई छ ।