दार्चुला – बाढी र पहिरोका कारण जिल्लाका ५जनाको मृत्यु भएको छन । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षिय जानकी ठगुन्ना, १४ वर्षिय धनमती ठगुन्ना र महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षिय नन्दराम बोहरा र मोहन राम पार्की तथा महाकाली नगरपालिकाको नमस्कार क्षेत्रमा एक जना मृत्तक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाकाली नगरपालिका–१ घर भई डुङरी स्थित होटल व्यवसायी गर्दै आइरहेका ५२ वर्षिय धन सिंह कार्की ४५ वर्षिय उनी श्रीमती मानमती कार्की छोराहरु १८ वर्षिय दिपक कार्की र १० वर्षिय दिनेश कार्की वेपत्ता भएका छन् । यसैगरी नगरपालिकाकै वडा नम्बर ४ लास्कुका ४५ वर्षिय मोहन लुहार र वर्ष ४० की सरस्वती देवी लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक जगत गाहामगरले जानकारी दिनुभयो । बाढीकै कारण लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आवि पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ, भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ । यसैबिच बाढी र पहिरोमा परी गम्भिर घाइते भएकाहरुलाई उद्दार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाका हेलिकप्टर आइरहेको छ । सोही हेलिकप्टरले बाढी र पहिरो प्रभावित क्षेत्रका नागरिकको लागि अवश्यक राहत सामाग्री समेत ल्याउने जनाएको छ । गएराती लास्कु खोलामा आएको बाढी र पहिरोमा परी महाकाली नगरपालिका–३ डुङरीमा होटेल व्यवसाय गर्दैै आइरहेको एकै परिवारका चार जना वेपत्ता भएका छन् ।महाकाली नदी थुनिदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय लगायतले खोज तथा उद्दार गरिरहेका छन् ।
Facebook Comments Box