दार्चुला – दार्चुलामा नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएकाहरुको उद्दार गरिएको छ ।
सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भिर घाइते ४५ वर्षिय बिरेन्द्र ठगुन्ना, वर्ष ४० का जयबहादुर ठगुन्ना, ३५ वर्षिय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षिय रम्भा देवी ठगुन्ना र ३० वर्षिय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्मले जनाएको छ । उनिहरु पहिरोमा परी गम्भिर घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
गम्भिर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था नाजुक रहेको बताइएको छ । गएराती भएको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–१ सल्ला भन्ने ठाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ, भने १० जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साह रहेका छन् ।
बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् ।