बैतडी – बैतडीको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीलाई कुटपिट गर्ने युवकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । सैयौंको संख्यामा आइतबार विद्यार्थी जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा उत्रिएका थिए ।
शनिबार नेपाली सेनाले विद्यार्थीलाई दिंदै आएको एनसीसी तालिमको क्रममा भलिबल खेलिरहेका विद्यार्थीमाथि होहल्ला गरेको भन्दै अन्दाजी २५ वर्षीय सुदीप चन्दले कक्षा ९ मा अध्यानरत प्रेम चन्दलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । प्रेम चन्दको घाँटी, हात र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ ।
विद्यार्थीमाथि हातपात गर्ने चन्दलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका प्रहरी निरीक्षक जोशीले जनाए।
‘हिजोको घटना रहेछ, आज जानकारीमा आएको छ, घटनाबारे अनुसन्धान हुँदैछ,’ उनल भने । भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथि पनि अभद्र ब्यावहार गरेको एक शिक्षकले बताए ।