काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटबिनै टुङ्गिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुङ्गिएको हो ।
बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए ।
‘हामीले तालमेलका बारेमा छलफल गर्यौँ । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौँ ।’
बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुङ्गो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।
Facebook Comments Box