कैलाली – नेपाल प्रहरी सेवा प्रभावकारिताको मुल्याङ्कन गर्न तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचाल गरिएको “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन(Police Baton)२०७९” को पूर्व निर्धारित कार्यतालिका बमोजिम यस कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्ती समेत निरीक्षण/अनुगमनको लागी छनौट भएकोमा मिति २०७९ भाद्र २८ गते ईलाका प्रहरी कार्यालय टिकापुर, प्रहरी चौकी सत्ती र आज मिति २०७९।०५।२९ गते “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton),२०७९” केन्द्रिय मुल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् उत्तम राज सुवेदी, प्रहरी बरिष्ठ उपरीक्षक डा.मनोज कुमार के.सी. सहितको निरीक्षण टोलीबाट निरीक्षण अनुगमन कार्य सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा भौतिक पूर्वाधारहरुको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरु र अभिलेख व्यवस्थापनको निरीक्षण गरिएको थियो ।
तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख मोहन कुमार आचार्य समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्र.उ.सोमेन्द्र सिंह राठौरले यस कार्यालय तथा समग्र जिल्लाको वस्तुस्थिति सम्बन्धि प्रस्तुतीकरण गर्नु भएको थियो ।
अन्त्यमा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीबाट सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विभागिय आवश्यक निर्देशन दिनु भएको थियो ।