महेन्द्रनगर – शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुबानमा परेका छन्।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रका ५ सयभन्दा बढी घर डुबानमा परेका हुन्। जिल्लाको भजनी नगरपालिका-८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुबानमा परेको बताइएको छ। डुबानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको बहाउ बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।