काठमाडौं – नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ को पुर्व निर्धारित कार्यक्रम अनुसार बुधबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
“कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” केन्द्रीय मुल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहितको मुल्याङकन टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
सो क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको भौतिक पुर्वाधारहरूको स्तर , उपलब्ध स्रोत साधनहरूको व्यवस्थापन, प्रहरी कार्य ,मानवस्रोत व्यवस्थापन, परिचालन कक्ष, लगाएत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण गर्नु का साथै उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अबसरमा काठमाडौ उपत्यका प्रहरी कार्यालयको काम कारवाहीको बारेमा प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नु भएको थियो ।