इलाम – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको इलाम जिल्ला संयोजकमा बिपिन दाहाल मनोनीत भएका छन् ।
दाहाललाई यथासिघ्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको हो ।
इलाम नगरपालिका वडा नं ८ स्थायी घर भएका दाहाल राप्रविसं इलामका पुर्व अध्यक्ष पनि हुन् । दाहाल महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत छन् ।
शनिबार संयोजित संगठन समन्वय विभागका सदस्य सचिब धनसुर शाही, संगठनका सदस्य सचिव मदन शाही तथा संगठनका १ नं. प्रदेश संयोजक सुवास घिमिरे, राप्रविसं महाधिवेशन आयोजक समितिका सदस्य कृष्ण अग्रवाल लगायतको उपस्थितिमा इलामको श्रीअन्तुमा बसेको बैठकबाट राप्रविसंका केन्द्रीय संयोजक जयप्रकाश बगालेले उनलाई मनोनयन गरेका हुन् ।
Facebook Comments Box