कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय दबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाउको छ।
Facebook Comments Box