धनगढी: कैलाली-कञ्चनपुरका नदीमा बाढीको खतरा रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा दुबै जिल्लाका धेरै स्थानमा भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको हो।
राति १२ बजेसम्म थप वर्षा हुने हुँदा खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायतका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा सतर्कता अपनाउन भनिएको छ।
Facebook Comments Box