दिपक धमाला, काठमाडौं- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो।
सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये नेकपा माओवादी केन्द्रले ४, कांग्रेसले ९ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ। आफ्नो भागमा परेका नेकपा माओवादी केन्द्रले ४ सिटमा उम्मेद्वार टुंगो लगाएको नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष उपाध्यक्ष अकल रावले बताए।
प्रतिनिधि सभातर्फ
कंचनपुर १:- बीना मगर
बैतडी :- नरेन्द्र कुवर ‘बिजयसुन्दर’
कैलाली २:- भगत बडुवाल
कैलाली ३:- कृष्ण कुमार चौधरी
प्रदेश सभातर्फ
डडेल्धुरा (क) खगराज भट्ट
कैलाली १ (ख) दिर्घ बिनाडी
कैलाली २ (ख) नन्दबहादुर साउँद
कैलाली ५ (क) रमेश सिंह धामी
कञ्चनपुर २ (क) ओम विक्रम भाट
कञ्चनपुर ३ (क) टेकेन्द्र प्रसाद भट्ट
दार्चुला (ख) मानबहादुर धामी
डोटी (ख) शिवसिंह ओली
बाजुरा (क) कर्णबहादुर बिक
अछाम १ (ख) झपट साउँद
अछाम २ (क) अक्कल रावल
बझाङ (ख) भिम भण्डारी