एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्मदिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्रयाक्टर उपहार प्राप्त गरेका हुन् ।
पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् ।
पुटिनलाई ट्रयाक्टर उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् । युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।
Facebook Comments Box